दफा ४२
रुग्ण उद्योग सम्बन्धी संस्थागत व्यवस्था
(१) यस परिच्छेद बमोजिम रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान, पुनर्निर्माण र व्यवस्थापनका लागि सुझाव दिन नेपाल सरकारले सम्बन्धित क्षेत्रका विशेषज्ञ समेत रहेको समिति गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गठित समितिको संरचना, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।